डुडुवामा दुध संकलन केन्द्र स्थापना

|

डुडुवा। बाँकेको डुडुवामा प्रदेश सरकारको अनुदान साझेदारीमा एक किसानले दुध संकलन केन्द्रको स्थापना गरेका छन ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके सगंको लागत साझेदारीमा डुडुवा गाउँपालिका वडा नम्बर ५ मिलन चोक नजिकै संकलन केन्द्रको स्थापना गरिएको हो । विज्ञ केन्द्रले यादव भैसी पालन फार्मद्धारा सन्चालित जय श्रीराम दुध डेरी यादव चिस्यान केन्द्रलाई २५ लाख अनुदान प्रदान गरेको थियो ।

यादव भैसी पालन फार्ममा रहको १ सय बढि भैसी अट्ने व्यवस्थित गोठ निर्माण पनि मन्त्रालयले दिएको अनुदान र फार्म सहितको लगानीमा तयार भएको हो । किसान राम सुहावन यादवले सन्चालन गरेको उक्त भैसी फार्म र दुध संकलन केन्द्रको आइतबार लुम्बिनी प्रदेशका पुर्व कृषि मन्त्रि आरति पौडेलले रिवन काटेर उद्घाटन गर्नुभयो । पुर्व कृषि मन्त्रि पौडेलले दुध संकलनका लागी सरकारले गरेको सहयोगका कारण डुडुवाका किसानले राहत महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले नेत्रि शान्ति ढकाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारी, डिडिसीका प्रमुख योगेन्द्र शाह लगाएको उपस्थिती रहेको थियो । दुध संकलन केन्द्रको स्थापना कार्यक्रममा दुध विक्रि गर्ने किसानहरुलाई हौसला स्वरुप सम्मान समेत गरिएको थियो ।

हाल ५ सय लिटर प्रतिदिन दुध संकलन भैरहेको सन्चालक यादवले जानकारी दिनुभयो ।

२०७८ श्रावण ३१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।