स्याक नेपालको आयोजनामा स्टीम एजुकेशन तालिम सम्पन्न

|

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरुका शिक्षकहरुका लागि नेपालगञ्जमा संचालित तीन स्टीम एजुकेशन सम्बन्धी तालिम आइतबार सकिएको छ ।
बिद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले शुक्रबारदेखि नेपालगञ्जमा तीन दिने स्टीम एजुकेशन तालिम शुरु भएको थियो । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बाँकेको एक र बर्दियाका तीन स्थानीय तहका कक्षा शिक्षकहरुका लागि प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण तथा प्रयोगका लागि तालिम संचालन गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारी तथा खजुरा गाउँपालिकाको समन्वय, सहकार्यमा सिकाई परियोजना संचालन भएका विद्यालयका कक्षा शिक्षकहरुलाई तालिममा सहभागि गराइएको थियो ।
शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घत पुग्ने आयोजकको अपेक्षा छ ।
तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण गरिएको छ । तालिमलाई त्रिभुवन बिश्वबिद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्रधाध्यक इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
बाँके खजुरा गाउँपालिकाको वडा नं ३ स्थित जनता नमूना माध्यमिक बिद्यालय, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बसन्तापुर र वडा नं ४ स्थित नेपाल राष्ट्रिय तिर्खा प्राथमिक बिद्यालय र अम्बेमाता आधारभूत बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको तालिमलाई आइतबार स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा समापन गरिएको परियोजनाका सुपरभाइजर रज्जब अली वागवानले जानकारी दिनुभयो ।

२०७८ श्रावण ३१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।