
राजविराज । राजविराजका युवाहरु मिलेर नेपाल युनाईट्सद्वारा मास्क वितरण गरेका छन । राजबिराज नगरपालिका बाट शुरु भएको ¥यालि नेता चौकमा गएर अन्तरक्रिया गर्दै समापन गरीएको हो । ¥यालि गर्दै युवाहरु माक्स लगाउ, कोरोना भगाऔँ, सुरक्षित बनौँ, सुरक्षित रहौँ, बाचँ र बाच्न देउ, भौतिक दुरी कायम गरौँ भन्ने सन्देश सहित नारा लगाएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले श्रावण २३ देखि २९ गतेसम्म मनाउन घोषणा गरेको सप्ताह ब्यापी नेपाल मास्क अभियानलाई सफल पार्न मात्र माक्स लगाउने, जनचेतना मूलक ¥यालि कार्यक्रम गर्ने भन्दा पनि हामी स्वंम सबै जना जिम्मेवार भई सर्तक हुनु पर्नेमा जोड दिनुभयो । अभियानका नेतृत्व सन्तोष यादवले गरेका थिए । समयमा नै सर्तक नभए कोरोनाको तेस्रो लहरको गम्भीर रुपमा ग्रसित हुने दाबी समेत गरे । सो कार्यक्रममा मास्कको महत्व र लगाउने तरिका बारे समेत सिकाइएको थियो ।
मास्क अभियानका क्रममा राजबिराज बजारमा नेपाल युनाईट्सले करिब एक हजार भन्दा बढी निःशुल्क मास्क वितरण गरेको कार्यक्रमका अगुवा मोहम्मद कमरुदिनले जानकारी दिनु भएको छ । प्रहरी उप निरीक्षक नागेन्द्र चौधरीले कोरोना सम्बन्धी बेलाबेलामा जनचेतनामूलक कार्यक्रमहरुको आवश्यक रहेको बताउनु भयो । फ्रन्ट लाइनमा बसेर काम गर्ने प्रहरी, ट्राफिकहरुलाई सेनिटाइजर समेत वितरण गरीएको हो ।