शिक्षकका लागि क्षमता विकास तालिम शुरु

|

नेपालगन्ज । बाँकेको खजुराका ४ बिधालयका शिक्षक हरुका लागी स्टिम सम्बन्धी शिक्षण तालिम शुरु भएको छ ।
विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले खजुरामा स्टीम एजुकेशनका बारेका शिक्षाकहरुका लागि शिक्षण तालिम नेपालगंजमा सुरु भएको हो । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा खजुरा गाउँपालीकाको समन्वयमा लन परियोजना संचालन भएको विद्यालयका कक्षा शिक्षकहरुको सो तालिममा सहभागिता रहेको छ
तालिममा खजुरा गाउपालीकाको ४ विद्यालयका १६ जना कक्षा शिक्षकहरुका लागि नेपालगंजमा तालिम शुरु गरिएको छ
तालिममा सहभागि शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धती र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घतपुग्ने अपेक्षा गरिएको छ । तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुने बताईएको छ ।
तालिमममा स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले संचालन गर्नुभएको र सम्पुर्ण तालिम सहभागीहरुलाई स्वागत तथा सुभारम्भ गर्दै यस तालिमले शिक्षकहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपुर्ण भुमिकाको रुपमा रहने बताउनु भयो । तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुने अपेक्षा गरिएको छ । तालिम सत्रको उद्धान सत्रका खजुरा गाउपालीका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले बिगत लामो समयदेखि प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सामाजिक सचेतन सरोकार मंचले खजुरा गाउपालीकाका सामुदायिक बिधालयको शैक्षिक गुणस्तिर बृद्धिमा सहयोग गरिरहेको र यस तालिममले पुन शिक्षकहरुको क्षमता बिकास हुने र तालिमबाट सिकोका कुरा बिधालय स्तरमा यसको प्रगोग हुनमा अपेक्षा गरेको बताउदै सम्पुर्ण शिक्षकहरुलाइ खजुरा गाउपालीका शिक्षा शाखाको तर्फदेखि स्वागत मन्तब्य राख्नु भएको थियो । भने तालिम सत्रको समापन गदै सस्थाका अध्यक्ष शिवलाला पाण्डेले सस्थाले बिगत लामो समयदेखि खजुरा गाउपालीकाको समन्वयमा काम गदै आइरहेको र परियोजनालाइ सार्थक पुयाउनका लागी सदैव सहयोग समन्वय भएको र काम गरिरहेका बिधालयम गुणस्तिर र प्रभावकारीता शिक्षा हासिलका लागी प्रयास गरिरहेको र भोली कर्णधारका रुपम तयार हुने भएकाले उनीहरुको शैक्षिक गुणस्तरमा कायम गर्ने हाम्रो जिम्मेवारी भएकाले यस तालिमले कोशेढुगांको रुपमा रहने छ । भने परियोजना मार्फत भएका कृयाकलापले बिधालय तहको शिक्षा नमुनाका रुपमा स्थापित हुनेअपेक्षा गरिएको र स्याक नेपाल तथा प्लान इन्टरनेशनल नेपाल को तर्फदेखि सबै सहभागीहरुलाइ स्वागत गर्नुभयो ।
२९ गते शुक्रबार बाट शुरु गरिएको तालिम ३१ आइतवार सम्म ३ दिन संचालन हुने तालिम सहजिकरण त्रिभुवन बिश्वबिधालयका स्टिम एजुकेशनका सह प्रध्यापक इन्द्रमनी श्रेष्ठले तालिम सहजिकरण गर्नुभएको छ । तालिममा कोरोना संक्रमण नफैलिनका लागि सामाजिक दुरी कायम गर्ने माक्स तथा सेनिटाइनरको प्रयोग गर्ने तथा पटक–पटक साबुन पानीले हात धुने ब्यबस्था मिलाएको तालिममा स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बताउनु भयो । सो तालिममा खजुरा गाउपालीका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लको समेत सहभागीता रहेको परियोजनाका सुपरभाइजर रज्जब अली वागवानले जानकारी दिए ।

२०७८ श्रावण ३०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।