बालविवाह मुक्त वडा बनाउन सक्रिय हुदै डुडुवाका किशोरीहरु

|

डुडुवा / बाँके जिल्लाको अन्य पालिकाले आफनो वडा बाल विवाह मुक्त वडा घोषणा गरिरहेका छन् भने डुडुवा गाउँपालिकाले अहिले सम्म पनि आफनो कुनै पनि वडा बाल विवाह मुक्त गर्न सकेको छैन । डुडुवाको वडा नंं ५ मा गठन भएको जनचेतना किशोरी क्लबका किशोरी घरदैलो अभियानमा सक्रिय भई लागि रहेका छन् । अब भविष्यमा तत्कालै आफनो वडा नं. ५ लाई बाल विवाह मुक्त वडा बनाउन किशोरीहरु सक्रिय भएका छन् । प्लान इन्टरनेशलन नेपालको सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा डुडुवा गाउँपालिका वडा नं.५ को समन्वयमा भएको प्रविधिको सुरक्षित प्रयोग र साईबर कानुन बारे अभिमुखीकरण कार्यक्रममा किशोरीहरुले बाल विवाह बिरुद्धको अभियानमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

सो तालिमको सहजीकरण नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक तथा पत्रकार सोम गुरुङ्गले गरेका थिए । अभिभावक र किशोरी क्लबका पदाधिकारीहरु सबै मिलेर डुडुवा गाउँपालिकाको वडा नं. ५ को शिवराजपुर, नानापुर, चाचमारी र लिमागी टोलमा घरदैलो गरि स्टीकर टाँसेको जनचेतना किशोरी क्लबका अध्यक्ष दिलमाया विकले जानकारी दिईन् । घरदैलो गर्ने समयमा स्थानीयहरुको प्रतिबद्धता समेत जनाएको र बाल विवाह बारे जानकारी प्राप्त गरेको किशोरी क्लबका सचिव मनिषा परियारले बताईन् ।

डुडुवा गाउँपालिकाको वडा नं.५ लाई भाद्र महिना भित्र बाल विवाह मुक्त वडा घोषणा गरिने स्याक नेपालका सुपरभाईजर आकृति यादवले जानकारी दिनुभयो । त्यसैगरि नेपालगन्जको किशोरी क्लबका किशोरीहरुलाई क्षमता अभिबृद्धि तालिम र र अभिभावकहरुलाई बाल विवाह न्युनीकरणको लागि अभिभावक शिक्षा तालिम गरिएको स्याक नेपालका सुपरभाईजर अकलिम खानले जानकारी दिनुभयो ।

२०७८ श्रावण २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।