साईबर अपराधबाट बच्न विद्यालय तहमा साईवर कानुन बारे पढाई हुनु पर्नेमा जोड

|

राप्तीसोनारी (बाँके)  / साईबर अपराधबाट बच्नको लागि ईन्टरनेटको सही सदुपयोग गर्नु पर्ने राप्ती सोनारीका किशोरीले बताएका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिका वडा न.६ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि प्रविधिको सुरक्षित प्रयोग र साईबर कानुन बारे तालिममा सो कुरा बताएका हुन् ।

सो तालिममा राप्ती सोनारी गाउँपालिकाका वडा नं. ६मा गठित गुराँस किशोरी क्लबका किशोरीहरुको सहभागिता रहेको थियो । सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक तथा पत्रकार सोम गुरुङले कम्प्युटरको आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन,साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजर धन कुमारी थारुले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको महत्व रहेको बताए ।

राप्ती सोनारी गाउँपालिका वडा नं.६ मा गठित गुराँस किशोरी क्लबका अध्यक्ष स्वस्तिका बुढाथोकीले आफूले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसैगरि अर्का सहभागी अमृता चौधरी र अन्किता थापाले सामाजिक सन्जालबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारे थाहा पाएको बताईन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको ४ वडा, कोहलपुर नगरपालिकाको ३ वडा, जानकी गाउँपालिकाको १ वडा, खजुरा गाउँपालिकाको १ वडा र बैजनाथ गाउँपालिकाको १ वडा गरि १० वडा अहिले सम्म स्याक नेपालले बाल विवाहमुक्त वडा घोषणा गर्न सफल भएको र छिट्टै नै कोहलपुर, खजुरा, जानकी र बैजनाथ गाउँपालिकाका १/१ वडा गरि जम्मा ४ वडालाई बाल विवाहमुक्त वडा घोषणा गर्न स्थानीय सरकारसंग समन्वय र सहकार्य भईरहको जानकारी दिनुभयो ।

२०७८ श्रावण २३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।