दाम्लोले  कुट्ने जाजरकोटमा वडा अध्यक्ष पक्राउ

|

जाजरकोट । आफ्नै वडावासी जनतालाई दाम्लोले  कुट्ने जाजरकोटमा वडा अध्यक्ष पक्राउ परेका छन् । चौतर्फीबाँधेर विरोध र दबाबपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस घटनामा उल्टै पीडितलाई माफी मगाएर कागज गराईएको भन्दै थप विरोध भए पछि प्रहरी कार्बाहीमा उत्रिएको हो । जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले एक युवालाई डोरीले बाँधेर कुटपिट गरेका थिए । वडाअध्यक्ष नेपालीले मजकोटका १८ वर्षीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको पुष्टी भएको छ ।
मदिरा सेवन गरी होहल्ला गरेको भन्दै वडाअध्यक्ष आफैले डोरीले बाँधेर निर्घात कुटपिट गरेको स्थानीयको भनाई छ ।
पोषण भत्ता विवादको निहुँमा वडाध्यक्ष नेपालीले सर्पेलाई स्थानीय गब्बले तिरुवाको घरको दलानमा डोरीले बाँधेर निर्घात कुटपिट गरी तीन घण्टा कब्जा गरेका थिए ।
वडाध्यक्ष नेपालीले सर्पेलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वडाअध्यक्षमाथि कार्बाहीको चौतर्फी माग भईरहेको छ ।
सरकारी सेवा पाउन वडा कार्यालयमा पुगेका सेवाग्राहीलाई वडाअध्यक्ष जस्तो व्यक्तिले पदको दुरुपयोग गरी मानिसलाई बाँधेर कुटपिट गर्नु गलत भएको स्थानीयको भनाई छ । वडाअध्यक्ष नेपाली एमालेबाट निर्वाचित हुन् । पीडितलाई जाहेरी नदिन उनले दबाब दिएको बताईदै आएको छ । प्रहरीले पीडितलाई पनि सदरमुकाम बोलाएको छ । पीडितले जाहेरी दिएन भने पनि आवस्यक कानुनी कार्बाही गर्ने तयारीमा प्रहरी लागेको छ ।

२०७८ श्रावण २१, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।