बाँसगढी नगरपालिकाको वडा नं.२, ३ र ४ मा वडास्तरीय बालअधिकार समिति गठन

|

बर्दिया । वाँसगढी नगरपालिकाले वडा नं.२, ३ र ४ मा वडास्तरीय बालअधिकार समिति गठन भएकोे छ । बालमैत्री स्थानीय शासन तथा बालअधिकार संरक्षण विधेयक २०७७ अनुसार नगरपालिकाका सबै वडामा र समिति गठन गर्ने निति छ । समिति गठनका लागि थारु महिला उत्थान केन्द्र वर्दियाले सहयोग गरेको छ । बालअधिकार समिति नवडा २ मा वडाध्याक्ष घमण्ड चन्द, वडा नं. ३ का प्रेमराज पौडेल र वडा नं. ४का रजमान चौधरी संयोजक र वडा सचिव समितिको सदस्य सचिव रहका छन् । समितिमा वडाका निर्वाचित सदस्यवाट १ जना, वडामा रहेको विद्याालय व्यावस्थापन समिति वाट १, वडामा रहेको स्वास्थ्य सस्थावाट १, महिला स्वास्थ्य कार्यकर्ता वाट १ , वडामा बालबालिकाको क्षेत्रमा कार्यरत सस्थावाट १, वडा स्तरीय बालक्लव संजालवाट १ एक बालिकासहित २, आदिवासी जनजाती, दलित समुदयको प्रतिनिधित्व हुनेगरी १ महिलासहित २ जना गरी समिति गठन गरिएको हो ।

त्यसैगरी अन्य वडामा पनि समिति गठन गर्ने लक्ष्य छ रहेको सस्थाका अनुगमन तथा मुल्याङ्कन अधिकृत तेजमणि पन्तले जानकारी दिए । महिला बालबालिका शाखा वाँसगढीको समन्वयमा गरिएको उक्त कार्यक्रममा बालअधिकार समितिका संयोजकहरुले सस्थालाई धन्यवाद दिदै नगरपालिकाको कार्यविधि अनुसार वडाले गर्नुपर्ने सुझाव दिए । थारु महिला उत्थान केन्द्र वर्दियाले सकृय परीयोजना (बालश्रम शोषण न्यूनिकरणका लागि सामाजिक कार्य अन्र्तगत ईट्टाभट्टामा कामगर्ने बालश्रमीकहरुलाई घट्ना व्यावस्थापनको माध्यमवाट आवस्यकता पहिचान गरी समाधाको बाटो खोज्दै आएको सस्थाका सामाजिक परामर्शकर्ता कल्पना नेपालले जानकारी गराईन ।

२०७८ श्रावण १८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।