नेजा ग्रामिण उत्कृष्ठ सामुदायिक पत्रकारिता पुरस्कार अनु आचार्यलाई प्रदान गरिने

|

काठमाडौ । नेपाल अमेरिका पत्रकार संघ ( नेजा) ले हरेक दुई बर्षमा प्रदान गदै आएको नेजा ग्रामिण उत्कृष्ठ सामुदायिक पत्रकारिता पुरस्कार यस पटक रसुवा जिल्लालाई कर्म क्षेत्र बनाएर पत्रकारिता गरिरहेकी अनु आचार्यलाई प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशी २ लाख २२ हजार २ सय २२ नेपाली रुपैया रहेको छ । उक्त पुरस्कारको घोषणा भर्जिनियामा आयोजित नेजाको ७ औं अधिवेशन तथा १४ औं साधारण सभामा गरिएको हो ।

नेपाल पत्रकार महासंघको वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा गठित शिफारिस समितिले सिफारिस गरेका अन्तिम ३ जना पत्रकारहरु मध्ये नेजाद्धारा गठित नेजाका पूर्व अध्यक्ष भोला आचार्य संयोजक तथा पत्रकारहरु विजय घिमिरे र प्रतिमा बास्कोटा सदस्य रहेको छनौट समितिले अनु आचार्यलाई प्रदान गर्ने निर्णय सहीत सिफारिस गरेको थियो ।

नेजाको यो पुरस्कार प्राप्त गर्ने पहिलो महिला पत्रकार आचार्य विगत ६ बर्षदेखिन सक्रिय छिन । सामुदायिक रेडियो, रेडियो रसुवा १०२ दशमलव १ मेगाहर्जवाट पत्रकारिता यात्रा सुरु गरेकी आचार्यले नया पत्रिका राष्ट्रिय दैनिकमा यो वर्ष नेपाल र चीन व्यापार व्यवस्थापन कब्जा गर्न चीन बस्ने नेपाली व्यवसायीले सरकारी छाप नै किर्ते गरी नक्कली समिति खडा गरेको बारे समाचार लेखेकी थिइन । उनीले नियमित समाचार फलोअपकै कारण व्यापार कब्जा गर्ने प्रयास विफल भएको थियो । पुरस्कार नेपाल पत्रकार महासंघले नेजासंगको समन्वयमा राजधानीमा एक कार्यक्रमको आयोजना गरि वितरण गर्ने महासंघको सभापति विपुल पोखरेलले बताए ।

२०७८ श्रावण १६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।