२४ घन्टाको अवधिमा ३ हजार १ सय ६ जना कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार १ सय ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार २ सय ६३ आरटी पिसिआर र ४ हजार २ सय ५६ एन्टिजेन गरी कुल १३ हजार ५ सय १९ जनामा परीक्षण गरिएकोमा ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ६ जना र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् । मन्त्रालयका अनुसार शनिबार देशभरबाट १ हजार ९ सय १९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

२०७८ श्रावण १६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।