
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन् ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई सिफारिस गरेको छ ।