कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने

|

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बोर्डको यस्तो निर्णय गरेको छ । परीक्षा भने होम सेन्टरमा हुने भएको छ ।

साउन ३१ गतेदेखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । कोभिड महामारीको कारण कक्षा १२ को परीक्षा प्रभावित बन्दै आएको थियो । परीक्षा गत जेठमै हुनुपर्ने कार्यतालिका थियो ।

२०७८ श्रावण ५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।