पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाण्डौं / पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १ हजार ५९५ जना निको भएका छन् । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् । जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३१, मोरङमा २५२, झापामा १७८, सुनसरीमा १६५, ललितपुरमा १४७, कास्कीमा १२६ र चितवनमा १२५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै मकवानपुरमा ६८, नवलपरासी पूर्वमा ६१, कैलालीमा ४५, धादिङमा ४४, भक्तपुरमा ४१, रुपन्देहीमा ३७, पाल्पामा ३२, बागलुङमा २७, दोलखामा २३, काभ्रे र सुर्खेतमा २२/२२ जना कोरोना संक्रमित थपिएका छन् ।

२०७८ श्रावण ५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।