पालिका स्तरीय समन्वय बैठक सम्पन्न

|

बर्दिया । कोभिड १९ को असरबाट बच्न समुदायको क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत पालिका स्तरीय समन्वयात्मक कार्यशाला बारबर्दिया नगरपालिका ६ जयनगरमा सम्पन्न भएको छ । बारबर्दिया नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग र थारु महिला उत्थान केन्द्र गुलरिया, बर्दियाको समन्वयमा कार्यशाला सम्पन्न भएको हो ।
कोभिड भ्याक्सिनेशन कार्यक्रमलाई निर्धारित स्वास्थ्य सामाग्री सहयोग पुर्याउने र स्वास्थ्यकर्मीहरु तथा महिला स्वास्थ्य स्यमसेविकाहरुलाई खोप कार्यक्रमको बारेमा अभिमूखिकरण गर्ने कार्यक्रम रहेको बारेमा थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती थारुले जानकारी गराउनु भएको थियो । कोभिड १९ को असरबाट बच्न समुदायको क्षमता अभिबृद्धि कार्यक्रमको बारेमा जानकारी परियोजना संयोजक आशाराम चौधरीले गराउनु भएको थियो । उक्त परियोजना अन्र्तरगत बर्दिया जिल्लाको ८ वटा पालिका मध्य बारबर्दिया, गुलरिया, मधुवान, ठाकुरबाबा, राजापुर नगरपालिका तथा बढैयाताल र गेरुवा गाँउपालिकामा गरि ७ वटा पालिकामा कार्यक्रम सचालित रहेको छ । बर्दियाका ७ वटै पालिकामा १ करोड १० रुपैयाको बजेटमा कार्यक्रम हुने र यसमध्य बारबर्दियामा १२ लाख ६८ हजार ६ सय रुपैयाँ बराबरको कार्यक्रम हुने कुरा संयोजक चौधरीले जानकारी गराउनु भएको छ ।

कार्यशालामा बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज शर्माले थारु महिला उत्थान केन्द्र बारबर्दियामा सहयोगको काम राम्रै गर्दै आएको बताउनु भएको छ । बिशेष गरि परियोजनाद्धारा सहयोगका कार्यक्रमको योजना बनाउने बेलामा पालिका संग समन्वय गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । सहयोगी संस्थाहरुलाई पालिकाको आवश्यकता अनुसार योजना बनाउन सुझाव दिनु भएको छ । साथै बारबर्दियामा भ्याक्सिनेसनका लागि फ्रिज, भ्याक्सिन क्यारियरको आवश्यकता रहेको कुरा शाखा प्रमुख शर्माले जानकारी गराउनु भएको छ ।
उक्त परियोजना जुन २०२१ देखि मे २०२२ सम्म सञ्चालन हुदैछ । भोली देखि नै महिला स्वास्थ्य स्वयमसेविकाहरुको अभिमूखिकरण गर्दै निरन्तर चार स्थानमा गर्ने कार्यक्रम रहेको थारु महिला उत्थान केन्द्रका फिल्ड सुपरभाईजर नरेश चौधरीले जानकारी गराउनु भएको छ । कार्यशालामा बारबर्दिया स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गोबिन्द पौडेल, नगरअस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु गरि करिब १३ जनाको सहभागिता रहेको थियो ।

२०७८ श्रावण ४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।