थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि

|

काठमाडौं । नेपालमा आइतबार थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय २८ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ५७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ६ सय ६७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३२ हजार ७४ जनाले कोरोना संक्रमणलाई जितेका छन् । हाल २५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ३४० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ६९ हजार ६८५ वटा पिसिआर र २ लाख ६२ हजार ८३१ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।