सन्तानेश्वर महादेव मन्दिरमा हजारौं दर्शनार्थीको घुँइचो

|

बाँके / बाँकेको नरैनापुर गाउँपालिका ५ वेदिहिवा चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा शनिबार हजारौं दर्शनार्थीको घुँइचो रहेको थियो । दिनँहु अहिले दर्शन गर्न टाढा टाढाबाट त्यहाँ आउने गरेको स्थानीय बासिन्दाले बताउछन् ।

साउन महिनामा शिव भगवानको पूजा अर्चना गरिने भएकाले पनि खोला, जंगल र पहाड चढ्दै नेपाली र भारतीय हिन्दु धर्मालम्वीहरु सन्तानेश्वर महादेवको मन्दिरमा पुगेका थिए । नरैनापुर गाउँपालिकाले पनि भिजिट नरैनापुर नाराका साथ यो मन्दिरको प्रचार प्रसार गरिरहेको छ ।

वर्षौ अघि निर्माण गरिए पनि यो मन्दिर ओझेलमा थियो । एक बर्ष पहिले नरैनापुर गाउँपालिकाका पत्रकार बिनय दिक्षितले सो ठाउँलाई सामाजिक सन्जालमा प्रचार प्रसार गर्नुको साथै नेपालगन्जका साईकल चलाउने पारखीहरुले सो स्थानलाई ब्यपाक पचार प्रसार गरे पछि अहिले दिनहू सो ठाउँमा दर्शन गर्नेका भिड बढिरहेको छ । यसले गर्दा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।

टिकटक तथा फेसबुक जस्ता समाजिक सञ्जालमा भाइरल भएको चारैतिरबाट पहाडले ढाकिएको हरियो जंगलको पहाडको चुचुरोमा रहेको रमणीय धार्मिकस्थल सन्तानेश्वर महादेवको मन्दिरमा दर्शन गर्न तथा मनोकामना पुरा होस् भन्ने उद्देश्य लिएर उत्साहपूर्वक आएको श्रद्धालुहरुले बताए । सन्तानेश्वर महादेवको दर्शन गर्न गाउँ पालिका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, लेखा अधिकृत प्रकाश अधिकारी लगायत पालिकाको पुरै टिम पुगेको थियो ।

२०७८ श्रावण २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।