काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका विभिन्न पक्षलाई लिएर जनतामा जाने निर्णय गरेको हो ।
ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा पनि अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले अदालतले संविधानका धारा र उपधाराको अपव्याख्या गरेर फैसला आएको बताउनुभयो ।
संसदीय दलको बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गरियो, यसप्रति हाम्रो आपत्ति छ र जनताको बीचमा भण्डाफोर गर्ने हामीले निष्कर्ष निकालेका छौं ।’






