काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर १२८ र डिजेर तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम भएको हो ।
नेपाल आयल निगम लिमिटेड र मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको छ ।






