जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने

|

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको शपथग्रहण गरेर केही मन्त्रीहरुको पनि शपथ ग्रहण गराउने तयारी गरिरहेको भएपनि जसपाले केही दिनपछि मन्त्री पठाउने निर्णय गरेको हो ।                                                                                  जसपा नेता मोहम्मद इस्तियाक राईले ४–५ दिनपछि मात्रै मन्त्रीहरुको नाम टुंग्याएर सरकारमा सहभागी हुने निर्णय भएको जानकारी दिए । सरकारमा सहभागी हुने विषयमा छलफल गर्न मंगलबार जसपाले पार्टी कार्यालयमा कार्यकरिणी समिति सदस्य र सांसद्हरुको भेला बोलाएको थियो ।

२०७८ असार २९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।