बर्दिया / बर्दिया जिल्लामा कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि नेपाल युवा परिषद र स्टुडेन्ट कोलिशन फर नेपालले बढैयाताल गाउँपालिकाको वडा नं.२ मा रहेको जमुनी स्वास्थ्य चौकीलाई २०० एन्टीजिन किट उपलब्ध गराएको छ ।
नेपाल युवा परिषद लुम्बिनी परिषदका प्रदेश संयोजक सोम गुरुङ्गले करिब १ लाख बढीको एन्टीजिन किट बढैयाताल गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष काजिमान सुनार र जमुनी स्वास्थ्य चौकीका ईन्चार्ज चेतनारायण काफलेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।
सो अवसरमा बढैयाताल गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष काजिमान सुनारले सबै संस्थाको सहयोगले मात्र विपदको सामना गर्न सकिने भएकोले सहयोग निरन्तरता संगै सहकार्य जारी राख्न आग्रह गरे । उनले संभावित तेस्रो लहरको तयारी आफनो वडाले सुरु गरिसकेको बताए । सो अबसरमा जमुनी स्वास्थ्य चौकीका ईन्चार्ज चेतनारायण काफले र पत्रकार कमल खत्रीको उपस्थिति रहेको थियो । त्यसै गरि नेपाल युवा परिषद र स्टुडेन्ट कोलिशन फर नेपालको सहकार्यमा नेपालको विभिन्न स्थानीय तहहरुको स्वास्थ्य क्षेत्रममा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।






