अमेरिकाले नेपाललाई उपलब्ध गराएको खोप हस्तान्तरण

|

काठमाडौं / अमेरिकाले नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।बालुवाटारमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त खोप हस्तान्तरण गर्नुभएको हो । अमेरिकाले नेपाललई १५ लाख ३४ हजार ८५० डोज खोप सहयोगस्वरूप प्रदान गरेको हो ।

उक्त खोप बुझ्दै प्रधानमन्त्री ओलीले २०२१ को अन्तिमसम्ममा कम्तिमा ७२ प्रतिशत नेपालीहरूलाई खोप लगाइसक्ने गरी आवश्यक प्रबन्ध मिलाउन सरकार सक्रिय रहेको प्रष्ट्याउनु भएको थियो। उहाँले कोभिड १९ विरूद्दको लडाइँमा अमेरिकाको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

आज बिहान नेपाल ल्याईएको खोप स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर बुझ्नुभएको थियो ।

२०७८ असार २८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।