२४ घन्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ६ सय ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ७ हजार ५ सय ३ आरटी पिसिआर र ५ हजार ८२ एन्टिजेन गरी कुल १२ हजार ५ सय ८५ जनामा परीक्षण गरिएकोमा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ६७ जना र भेन्टिलेटरमा १ सय ७१ जना उपचाररत छन् । मन्त्रालयका अनुसार मंगलबार देशभरबाट १ हजार ५ सय ६५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ ।

२०७८ असार २२, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।