शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा रिट

|

काठमाडौँ / शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । तनहुँकी सञ्चारकर्मी रूपा सुनारले मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको उनको रिटमा उल्लेख छ ।

रूपाले रिटमा शिक्षा मन्त्री श्रेष्ठसहित सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाकी छन्।

२०७८ असार २१, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।