पत्रकारहरुले सञ्चार विधेयक विरुद्ध ज्ञापन पत्र बुझाए

|

बाँके । लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेकाे सञ्चार विधेयक पत्रकारहरुकाे हित विपरित र संविधानसँग बाझिएकाेले साे विधेयक खारेज गरि पुनर्लेखन गर्नु पर्ने माँग राख्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे आाह्वानमा आज आईतवारका दिन बाँके जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत् मुख्यमन्त्री शंकर पोख्रेललाई विरोधस्वरुप पत्रकारहरुले ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष दामाेदर भण्डारीको नेतृत्वमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चाैलाई, सचिवद्व्य जयसिंह के.सी., शिव सुनार, लुम्बिनी प्रदेश सदस्यहरु माेहम्मद आरिफ अन्सारी, सरला सुवेदीकाे विशेष उपस्थितिमा साे ज्ञापन पत्र बुझाईएकाे छ । ज्ञापन पत्र बुझाउने क्रममा मन्तव्य राख्दै पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन ओली, प्रेस संगठनका अध्यक्ष डक्ट धिताल लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चाैलागाईले विधेयककाे खारेजी र पुनर्लेखन गर्नु पर्ने जाेडदार माँग राखेका छन् ।

महासंघका अध्यक्ष दामाेदर भण्डारीले विधेयक फिर्ता गरि सराेकारवालाहरुसँग छलफल गरेर पुनर्लेखन गर्नु पर्ने भन्दै यदि हाम्रो माँगलाई सम्बाेधन नगरी विधेयक अगाडि बढाईएमा हामी थप आन्दाेलन गर्न बाध्य हुनेछाैं भन्नु भएकाे छ ।

कार्यक्रममा अवधी पत्रकार संघका अध्यक्ष चन्द्रेश्वर त्रिपाठी, वरिष्ठ पत्रकार सिराज खान, शंकर खनाल, ओवीराज आचार्य, अजय गुप्ता लगायत जिल्लाका ३० जना पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

२०७८ असार २०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।