लागुऔषध सहित तीन जना पक्राउ

|

बुटवल । रुपन्देहीको सैनामैनामा प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं १० बेमतेनी बस्ने बर्ष १८ वर्षीय दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं ९ भलवाड बस्ने २४  वर्षीयको रमेश बहादुर आचार्य र कपिलबस्तु ९ जिनुवा बस्ने २५ वर्षीय रमेश मरासिनी रहेका छन्।

उनिहरुको साथबाट  लागुऔषध (खैरो हिरोईन) ४ ग्राम ५०० मिलिग्राम फेला पारी बरामद जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिए। पक्राउ परेका विरुद्ध जिल्ला अदालतबाट लागुऔषध मुद्धामा दिन ५ को म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

२०७८ असार १९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।