नेकपा एमालेले साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने

|

काठमाडौं । नेकपा एमालेले आगामी साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने भएको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

विधान महाधिवेशन अगाडि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने र साउन ५ गतेसम्म केन्द्रीय कार्यालयमा अन्तिम नामावली दिने निर्णय भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तयार पार्ने तथा महासचिव ईश्वर पोखरेलले सांगठनिक, विष्णु पौडेलले विधान र रामबहादुर थापा (बादल)ले व्यवस्थापन प्रतिवेदन तयार पार्ने जनाइएको छ।

बैठकले पारित गरेका पाँच बुँदे संगठनात्मक योजना

१. असार मसान्तभित्र पार्टीको सदस्यता नविकरण गरिसक्नुपर्ने। साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने।

२. आगामी साउन २५/२६ पार्टीको विधान अधिवेशन काठमाडौंमा गर्ने । त्यसका निम्ति पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र बादलको संयोजकत्वमा व्यवस्थापन समिति गर्ने प्रस्ताव।

३. पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिका स्तरका अधिवेशन गर्ने प्रस्ताव प्रस्तुत ।

४. पार्टीका केन्द्रीय तहका ३२ विभागमा रहने सदस्यको नाम प्रस्ताव गरे पनि अहिलेसम्म सिफारिस नआएकोले अविलम्ब पठाउन अनुरोध ।

५. अब सिंगो मुलुक निर्वाचनमा जुट्नुपर्ने भएकोले त्यसका लागि जुट्न नेतारकार्यकर्तालाई अनुरोध ।

२०७८ असार १९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।