
काठमाडौं । चीनबाट थप १० लाख डोज कोरोना खोप आउने भएको छ । कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ।
खोप लिएर जहाज भोलिपल्टै नेपाल फर्किने नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । चीनबाट ल्याउन लागिएको उक्त खोप ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत ल्याउन लागिएको हो। जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन।
यसअघि भने चीनले नेपाललाई दुई चरणमा गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ । जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ।