बी–ग्रुप र केयर नेपालको साझेदारीमा स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग

|

बाँके / बाँके जिल्लामा कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि युकेएडको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेनको कन्र्सोटियम र केयर नेपालको साझेदारीमा भेरी बाताबरणीय बिशिष्ठता समुह (बि–ग्रुप)ले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको छ ।

बि–ग्रुपका सचिव टेकबहादुर पुनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई १३ लाख ३३ हजार २ सय ३९ बराबरको पिपिई सेट, डेडबडी ब्याग, फेशशिल्ड, पल्स अक्सिमिटर, सेनिटाईजर,सर्जिकल ग्लोब, सर्जिकल मास्क, ग्लोब्स, भिटिएम लगायतका सामाग्री हस्तान्त्रण गरिएको छ ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले सबै संस्थाको सहयोगले मात्र विपदको सामना गर्न सकिने भएकोले सहयोग निरन्तरता संगै सहकार्य जारी राख्न आग्रह गरे । उनले संभावित तेस्रो लहरको तयारी बाँके जिल्लामा सुरु भै सकेको बताए ।

सो अबसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, शाखा अधिकृत रामकुमार सोनकर, विपद प्रतिकार्य सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, बि–ग्रुपका निर्देशक डम्बर सुनारलगायतको उपस्थिति रहेको थियो ।

त्यसै गरि खजुरा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका र बैजनाथ गाउँपालिकालाई पनि पिपिई सेट, फेशशिल्ड, पल्स अक्सिमिटर, सेनिटाईजर,सर्जिकल ग्लोब, सर्जिकल मास्क, ग्लोब्स, भिटिएम लगायतका सामाग्री हस्तान्त्रण गरिएको छ ।

 

२०७८ असार १७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।