पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु

|

काठमाडौं /  पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ८१० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १७४ र ४ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा ८४२ जना संक्रमित पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको छ।

२०७८ असार १२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।