काठमाडौं । राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराइएको छ । मंगलबार अधिवक्ता वीरभद्र जोशी , अधिवक्ता तुल्शीराम पराजुली र अनिता बाजगाईले उजुरी दिनु भएको छ । तीनजना अधिवक्ताहरुले दर्ता गराएको उजुरीमा राजेन्द्र महतोको नागरिकता छानबिन गर्न मागे गरेको छन् ।
महतोको नागरिकता माथी देशभरी नै पटकपटक विभिन्न प्रश्नहरु उठ्दै आएको छ । अनुसन्धान आयोगमा दर्ता गरिएको उजुरीमा ०३५५९६ सि नम्बर दिइएको छ ।






