पछिल्लो २४ घण्टामा ४५२२ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं। नेपालमा आज ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको भने ४ हजार ७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको हो ।

देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोनाबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

२०७८ असार ८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।