राससकाे महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त

|

काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) काे महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त भएका छन् । नागरिक दैनिक, नेपाल समाचारपत्रलगायतका सञ्चारमाध्यममा काम गरिसकेका राईले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । राई नेपाल पत्रकार महासंघको पूर्वाञ्चल सहसंयोजक एवं केन्द्रीय सदस्य र प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य भइसेका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए । हाल उनी देखापढी डटकममा कार्यरत छन् ।

धनकुटाको शहिदभूमि गाउँपालिका निवासी राई विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।

२०७८ असार ८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।