केएमजेएसद्धारा ठाकुरबाबा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

|

बर्दिया / केयर नेपालको साझेदारीमा कमैया महिला जागरण समाजनेपालबाट मानविय सहायता साझेदारी मञ्च परियोजना अन्तर्गत कोभिड १९ प्राथमिक उपचार केन्द्र ठाकुरबाबालाई अस्पाताल तथा स्वास्थ्य सरसफाई सामाग्री हस्तान्तरण गर्रिको छ । केयर नेपालका सिनियर डिजास्टर स्पेसलिष्ट सुरेन्द्र बमले हस्तान्तरण गर्नु भएको छ । जसमा पेसेन्ट ट्रली २ सेट, पेसेन्ट मनिटर २ सेट, व्हिल चियर २ थान, बेड साईड स्क्रिन २ सेट, इक्जामिनेसन ग्लोब्स २० सेट, पल्स अक्सिमिटर ५ थान, सेनिटाईजर ५०० मि लि ५० थान र सर्जिकल मास्क ४० पाकेट सहयोग गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठले केएमजेएस नेपालले विभिन्न किसिमले ठाकुरबाबा नगरपालिकालाई सहयोग गर्दै आईरहेको छ, ठाकुरबाबा नगरपालिकालाई माया गर्ने विभिन्न निकायहरु छन् जसले हामिलाई कामगर्नको लागि थप उर्जा मिलिरहेको छ । आपत विपदको समयमा र दुःखको समयमा सहयोग गर्नेनै सच्चा मित्र हुन्छ खुसीको समयमा त सबै साथमा हुन्छन र यस्तो दुःखको समयमा केयर र कमैया महिला जागरण समाजले साथ दिएको छ यसको लागि दुबै संस्थालाई धन्यवाद ब्यक्तगर्नुभयो । सोही कार्यक्रममा बोल्दै उप–प्रमुख कृष्णा कुश्मा थारुले कमैया महिला जागरण समाजले ठाकुरबाबा नगरपालिकाको विकासको कार्यक्रमहरुमा सहकार्य र समन्वय गर्दै आईरहेको र यसरी निरन्तर सहयोगको अपेक्षा राख्नुभएको बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राधा चौधरी, कमैया महिला जागरण समाजका कार्यक्रम अधिकृत दुर्गा बहादुर चौधरी, कोभिड १९ प्राथमिक उपचार केन्द्रका व्यवस्थापक मोहन चौधरी र उपचार केन्द्रका कर्मचारीहरुको उपस्थिती रहेको केएमजेएस नेपालका सामाजिक परिचालक दिनेश भण्डारीले जानकारी दिनु भयो ।

 

२०७८ असार ७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।