ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ

|

काठमाडौं । सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परेका छन् । आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको छ । अहिले उनीहरुलाई टेकुमा राखिएको छ । प्रहरीले तीनै जनालाई छलफलका लागि बोलाएको र त्यही क्रममा हिरासतमा लिएको हो ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । यसअघि संग्रौलाको समूहले प्रहरी कार्यालयभित्रै प्रहरीलाई थर्काएको थियो ।

२०७८ असार ६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।