पछिल्लो २४ घण्टामा २,४०१ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०१० जनामा भएको पीसीआर परीक्षणमा १६८८ र ४६८६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ गरी २,४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । २४ घण्टामा देशभर ३ हजार ६६० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९।३ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५३ हजार ३४२ जना संक्रमित निको भइसकेका छन्।

२०७८ असार ५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।