बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

|

सिन्धुपाल्चोक /  अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन ढलेको छ । बाढीले शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको हो ।

भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् । हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो । ‘क’ वर्गको यो ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।

यस्तै बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय र विद्यालय भवन पनि बगाएको छ । असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको हो । भवनहरूमा रहेका केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको थियो ।

२०७८ असार ५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।