बालविवाह रोकथाम परियोजनाको अनुगमन

|

बाँके । सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँकेले प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालविवाह रोकथाम परियोजना सन्चालन गरिएको नेपालगन्ज उपमहानगरपालिका वडा नं.२१ पुरैनामा अनुगमन गरिएको छ । स्याकले गठन गरेको किशोरी क्लबसंग नेपालगन्ज उपमहानगरपालिकाका उममेयर उमा थापा मगर र महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाहले छलफल गर्नुभएको हो ।
सो अनुगमनको क्रममा किशोरी क्लबले १ बर्षमा ७ वटा बालविवाह रोक्न सफल भएका बताए । नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाहले सो किशोरी क्लबलाई जानकारी पुस्तकहरु सहयोग गर्ने बताउनुभयो । त्यसै गरि स्याक नेपाल बाँकेले गठन गरेको उज्जवल किशोरी क्लबलाई एकीकृृत गरी किशोरी क्लब गठन गरि बालविवाह रोकथाम, किशोरीहरुको हकहित र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकाले कार्यविधि बनाएर बाल क्लब जस्तै किशोरी क्लबलाई क्रियाशिल बनाउने उपमेयर थापाले जानकारी दिनुभयो ।

सो अवसरमा क्लबका अध्यक्ष राधिका विक, ज्योति विक, कल्पना विक, नन्दकली रोकाय, सरिता विकलगायतले किशोरी क्लबमा आबद्ध भएपछि क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम लिएको बताएका थिए । स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, बालविवाह रोकथाम परियोजनाकी बरिष्ठ कार्यक्रम अधिकृत विनिता आरसी, फिल्ड सुपरभाइजर अक्लिम खानले परियोजनाले किशोरी क्लबका लागि सञ्चालन गरेका गतिविधिबारे जानकारी गराएका थिए ।

२०७८ असार ४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।