हात्तीको आक्रमणबाट बर्दियामा वृद्धको मृत्यु

|

बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणबाट  वृद्धले ज्यान गुमाएका छन । बर्दिया राष्ट्रिय निकुञ्जका सहाएकयक संरक्षण अधिकृत असीम कुमार थापाले दिएको जानकारी अनुसार बुधबार दिउँसो च्याउ खोज्न जंगलतिर गएका २ जनामध्ये बाँसगढीका ७८ वर्षीय नरेश्वर सापकोटाको ज्यान गएको हो ।

बाँसगढीको एक मध्यवर्ती सामुदायिक वनभित्र हात्तीको आक्रमणबाट ज्यान गएको निकुञ्जले जनाएको छ ।पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढदै छ ।

तर निकुञ्ज प्रशासनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटकपटक आग्रह गर्दै आएको छ ।

२०७८ असार ३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।