राप्ती, बबई, भेरी नजिक स्थानमा सतर्कता अपनाउन आग्रह

|

बुटवल । नेपाल जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले अगामी तीन दिन पश्चिम राप्ती, बबई, भेरी, मानखोला र यसका सहायक नदी जलाधारमा सतर्कता अपनाउन आग्रह गरेको छ । आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखा पुर्व सर्तकता अपनाउन सुचना जारी गरेको छ । महाशाखाले पश्चिम राप्ती, बबई, भेरीसँगै, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेको जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूणर् बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चमि प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाका जनाएको छ ।

२०७८ असार १, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।