पूर्वप्रधानमन्त्री झलनाथ खनालको थप उपचारको लागी भारत लगिदै

|

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लाने तयारी भएको छ ।

ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

गत माघमा स्वास्थ्यमा समस्या आएपछि झलनाथ उपचारका लागि दिल्ली पुगेका थिए । त्यहाँको एपोलो अस्पतालमा स्वास्थ परीक्षण गर्दा उनको मिर्गौला फेल भएको पुष्टि भएको थियो ।

उनलाई बुधबार दिउँसो दिल्ली लैजाने खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

२०७८ असार १, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।