जीवन उपयोगी सिप तालिम भर्चुअल माध्यमबाट सुरु

|

बुटवल। लुम्बिनी प्रदेश स्तरीय ५ दिने जीवन उपयोगी सिप विकास तालिम भर्चुअल माध्यमबाट सुरु भएको छ । सिविन नेपालको आयोजनामा सुरु भएको उक्त तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका ३० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक निरिजना भट्टले जानकारी दिनुभयो । वालवालिका तथा युवाहरुको जिवन उपयोगि सिप विकास गर्ने उदेश्य उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक भट्टले बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन आज अनलाइनमा हुने दुरब्यवहार, सुरक्षा, रिपोर्टिङ तथा कानुनी व्यवस्थाको बारेमा बाल हेल्प लाइनका सञ्चालक सागर भण्डारीले प्रशिक्षण गराउनुभएको थियो भने आत्मजागरणवारे विमला तिवारी प्रभावकारी सञ्चारबारे भगवती श्रेष्ठ र अन्तरव्यक्ति सम्बन्ध र अनुभुती बारे कार्यक्रम संयोजक निरिजना भट्टले सहजिकरण गर्नुभएको थियो ।

सो तालिम असार ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

२०७८ असार १, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।