प्रविधिको सुरक्षित प्रयोग सम्बन्धि भर्चुअल तालिम सम्पन्न

|

बाँके । खजुराका किशोरीहरु ईन्टरनेटको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । किशोरीहरुका लागि लकडाउनको समयमा प्रविधिको सुरक्षित प्रयोग र बालविवाह विरुद्ध लेख प्रकाशन सम्बन्धि एक दिने भर्चुअल तालिम सो कुरा बताएका हुन् । सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँकेले प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालविवाह रोकथाम परियोजना अन्तर्गत भर्चुअल अनलाईन मार्फत सो तालिम सन्चालन गरेको हो ।

सो तालिममा ईन्टरनेटमा कसरी सुरक्षित रहने र बालविवाह विरुद्धको अभियान कसरी पत्रपत्रिका प्रकाशन गर्ने, आफना विचारहरु अनलाईन, ब्लग, सामाजिक सन्जालमा कसरी राख्ने भन्ने बारे पत्रकार सोम गुरुङ्गले सहजीकरण गर्नुभएको थियो । तालिम पश्चात सहभागी खजुरा गाउँपालिका किशोरीहरुले आफु सुरक्षित भएर ईन्टरनेट चलाउने प्रतिबद्धता जनाएका छन् । सो तालिममा सहभागी किशोरी चतेना खत्रीले समाजमा ईन्टरनेटको दुरुपयोगले गर्दा अहिले किशोर किशोरीहरु आफनो पढाई प्रति ध्यान नदिएको बताईन् । त्यसै अर्का सहभागी मन्जु थापा मगरले लकडाउनको समयमा सामाजिक सन्जालको बढी प्रयोगले गर्दा आँखामा नराम्रो प्रभाव परेको बताईन्।

सो तालिममा खजुरा गाउँपालिकाका विभिन्न वडामा गठन भएका किशोरी क्लबका दुई दर्जन किशोरीहरुको सहभागिता रहेको थियो । कोभिड–१९ संक्रमणको महामारीका कारण संस्थाले भौतिक रुपमा गर्न नसक्ने भएपछि अनलाईनको माध्यमले तालिम गरिएको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनुभयो । संस्थाका परियोजना प्रबन्धक जगदिश थापाले तालिमको विषयबस्तु तथा उद्धेश्य बारे जानकारी गराउनुभएको थियो भने फिल्ड सुपरभाईजर कल्पना आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

२०७८ जेष्ठ ३०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।