पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । भने थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

२०७८ जेष्ठ ३०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।