विश्व प्रेस काउन्सिलको ३२ औँ स्थापना दिवसमा भर्चुअल बैठक

|

काठमाण्डौ /  विश्व प्रेस काउन्सिलको ३२ औँ स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा विश्व प्रेस काउन्सिलले भर्चुअल बैठक आयोजना गरेको थियो । अध्यक्ष डा.सुले (Turkish Cypriot Press Council) को अध्यक्षतामा भएको बैठकमा प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई स्वागत गरेको छ ।

बैठकमा स्थापना दिवसको अवसरमा शुभकामना दिँदै नवनियुक्त अध्यक्ष बस्नेतले प्रेस स्वतन्त्रता, सार्वजनिक सूचना र मानवअधिकारको विषयमा जिम्मेवार भएर सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले विश्व प्रेस काउन्सिलसँग सहकार्य र समन्वय गरी कार्य गर्न पाउँदा गौरवान्वित महसुस गर्ने भन्दै आफ्नो पत्रकारिता र कानुनी क्षेत्रको अनुभवलाई यसक्षेत्रमा सदुपयोग गर्ने बताउनुभयो । उहाँले कोभिड महामारीका बिच पत्रकारिता क्षेत्रमा परेको असरलाई कम गर्न सबैले साझा प्रयास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष बबितगल ब्mबकजयध ९अजरबैजान प्रेस काउन्सिल० र महासचिव किशोर श्रेष्ठ (छापामाध्यम राष्ट्रिय सञ्जाल नेपाल) लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै महासचिव श्रेष्ठले भौतिक रूपमा बैठक बस्न नसकेपनि विश्वव्यापी रूपमा पत्रकारितामा देखिएका चुनौती समाधान गर्न काउन्सिल सक्रिय रहने बताउनुभयो । भर्चुअल बैठकबाट पनि विश्व प्रेस काउन्सिलले स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेको भन्दै उहाँले बैठकमा सहभागीलाई आभार व्यक्त गर्नुभयो ।

बैठकमा विश्व प्रेस काउन्सिलका अध्यक्ष डा। अकरले प्रेस स्वतन्त्रता मानवअधिकारसँग समेत जोडिएको हुँदा यसको रक्षार्थ आफूहरू सधैँ क्रियाशील रहने बताउनुभयो । उहाँले जिम्मेवार पत्रकारिताका लागि सदस्य राष्ट्रका काउन्सिलसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा म्यानमार प्रेस काउन्सिलको अध्यक्षमा नियुक्तMayo phant Pyn लाई स्वागत गरिएको थियो । विश्व प्रेस काउन्सिलका अन्तर्राष्ट्रिय संयोजक सिके नायक (भारत)ले सहजीकरण गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष प्रा. डा. Tamar Atabarut (Turkish Press Council) ले धन्यवाद मन्तव्य दिनुभएको थियो । विश्व प्रेस काउन्सिलको स्थापना सन् १९८९ मा भएको हो ।

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।