प्रधानमन्त्री ओलीको रक्षाका निम्ति जे गर्न पनि तयार छु -पूर्वमन्त्री बस्नेत

|

काठमाडौँ । नेकपा एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको रक्षाका निम्ति आफु जे गर्न पनि तयार रहेको बताउनुभएको छ । बागमतीको प्रदेशसभा बैठकमै कांग्रेस सांसद नरोत्तम बैद्यले आफू केपी ओलीको हत्याका निम्ति तयार रहेको बताएपछि पूर्वमन्त्री बस्नेतले सामाजिक सन्जाल मार्फत यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन।’ बस्नेतले अघि भन्नुभको छ, ‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ?’

उहाँले जनआक्रोश व्यक्त नहुँदै वैद्यमाथि कारबाही गर्न माग पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतितोध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन।’

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।