केएमजेएसद्धारा ठाकुरबाबा नगरपालिकालाई सुचना सामाग्री हस्तान्तरण

|

बर्दिया / केयर नेपालको साझेदारीमा कमैया महिला जागरण समाज नेपाल (केएमजेएस) बाट मानवीय सहायता साझेदारी मञ्च परियोजना अन्तर्गत स्थानीय आपतकालिन कार्य संचालन केन्द्र ठाकुरबाबालाई सुचना सामाग्री हस्तान्तरण गरिएको छ । जसमा ल्यापटप कम्प्युटर १ थान, स्मार्ट टिभि ३२ इन्च १ थान तथा व्याट्री व्याकअप सिस्टम १ सेट सहयोग गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख घन नारायण श्रेष्ठले केएमजेएस नेपालले विभिन्न किसिमले प्रकोपको क्षेत्रमा कार्य गर्नका लागि ठाकुरबाबा नगरपालिकालाई सहयोग गर्दै आईरहेका छ र निरन्तर सहयोगको अपेक्षा गरिन्छ । यस उपकरणहरुले प्रकोप सम्बन्धि सुचना संंकलन र प्रसारणमा सहयोग गरि क्षति न्यूनीकरणमा सहयो गर्ने भएकाले सहयोगका लागि केएमजेएस नेपाल र साझेदार संस्था केयर नेपाललाई समेत धन्यवाद दिनु भयो । यसै क्रममा केएमजेएसले प्रकोप सम्बन्धी विभिन्न किसिमका कार्यहरु गर्दै आइरहेको नगरपालिकासंग जोडिएर कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै निरन्तर सहकार्यका लागि अपेक्षा गरिएको छ भनि सामाग्री हस्तान्तरण गर्दै कार्यक्रम निर्देशन टेक बहादुर सुनारले बताउनु भएको थियो ।

सो हस्तान्तरण कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, सुचना प्रविधी अधिकृत दिनेश विष्ट, नेपाल रेडक्रस सोसाईटी बर्दिया शाखाका पालिका सहायक सन्तोष बोहरा लगायतको उपस्थिती रहेको केएमजेएस नेपालका कार्यक्रम अधिकृत दुर्गा बहादुर चौधरीले जानकारी गराउनु भएको थियो ।

 

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।