राउटे किशोरी माथि भएको दुर्व्यवहारको प्रेस काउन्सिलले छानविन गर्ने

|

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले सुर्खेत जिल्लामा राउटे किशोरी माथि भएको यौन दुर्व्यवहारको घटनाको सत्य तथ्य छानविन गर्ने भएको छ । युटयुबमा आएको सामग्रीलाई सुक्ष्म तरिकाले छानबिन गर्ने भएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितीको शुक्रबार बसेको बैठकले युट्युबरबाट भएका आचारसंहिताका घटनामा अध्ययन गर्ने निर्णय गरेको हो। प्रेस काउन्सिल नेपालअन्तर्गत आचारसंहिता उपसमिति बैठकले पीडितलाई थप पीडा पुर्याउने, व्यक्तिको गोपनियतामा थप असर पार्ने, किशोरीकै समुदायभित्र सामाजिक विभेद एवं घृणा उत्पन्न गराउने र व्यक्तिको सुरक्षामा समेत खतरा उत्पन्न गराएको औल्याउँदै अध्ययन गर्ने निर्णय गरेको हो ।

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।