
काठमाडौं । इतिहासमै पहिलोपटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर नैनकला थापाले प्राप्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सञ्चारमन्त्रीमा नैनकला थापाले विहीबार सपथ खाएकी छन् । यो इतिहासमै पहिलोपटक हो ।
२०४८ सालयता ५५ जना पुरुषले सञ्चार मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।
यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्षको कुशलतापूर्वक जिम्मेवारी सम्हालेका थापाले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको चुनौतीलाई कसरी सम्बोधन गर्लान भन्ने हेर्न बाँकी छ ।