
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन् । सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको स्रोतले बताएको छ । ती सबै मन्त्रीले आजै साँझ शपथ लिने भएका छन् ।
यस अघि जसपाको ठाकुर समुहबाट राजेन्द्र महतो सहित १० जना र एमालेबाट गरी १७ जना मन्त्री नियुक्त गरेका थिए ।
नयाँ बन्ने मन्त्रीहरु–
१. नारदमुनी राना, वनमन्त्री
२. मोहन वानियाँ, विनाविभागीय
३. खगराज अधिकारी,गृहमन्त्री
४. नैनकला थापा, सन्चारमन्त्री
५. ज्वालाकुमारी साह, कृषि मन्त्री
६. राजकिशोर यादव, उद्योग मन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री
८. आशा विक, वन राज्यमन्त्री