स्वास्थ्यकर्मी आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

|

नेपालगन्ज /भेरी अस्पतालका चिकित्सक र नर्समाथी आक्रमण गर्ने तीनजना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ।

कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका डिल्ली राज रावतका भाइहरु मानबहादुर र भरत तथा छोरा लोकराज विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको बाँकेका एसपी ओम राणाले जानकारी दिनु भयो ।

उनिहरुले बिहिवार राती भेरी अस्पतालका चिकित्सक र नर्समाथी आक्रमण गरेका थिए । कोभिड आइसीयुमा प्रवेश गरि उनिहरुले चिकित्सक र नर्सलाई लखेटी लखेटी आक्रमण गरेका थिए । त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्सले एकतला माथिबाट हाम्फालेर ज्यान जोगाएका थिए ।

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।